दफा ४४
जोखिमयुक्त क्षेत्रमा काम गर्ने कामदारको स्वास्थ्य सुरक्षा
: (१) जोखिमयुक्त क्षेत्रमा काम गर्ने कामदारको स्वास्थ्य सुरक्षाका लागि सम्बन्धित रोजगारदाताले प्रचलित कानून बमोजिमका सुरक्षाका उपायहरू अवलम्बन गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिमका जोखिमयुक्त क्षेत्रमा कार्य गर्ने कामदार वा कर्मचारीहरूको रोजगारदाताहरूले प्रचलित कानून बमोजिम स्वास्थ्य बीमा गर्नु पर्नेछ।
(३) उपदफा (१) बमोजिमको जोखिमयुक्त क्षेत्रको कार्यस्थलमा औजार, उपकरण वा अन्य कुनै सामग्रीको प्रयोगको कारणले कुनै कर्मचारी वा कामदार घाईते वा मृत्यु भएमा वा कुनै स्वास्थ्यकर्मी सेवा प्रदान गर्ने सिलसिलामा गम्भिर संक्रमण वा बिरामी भएमा सम्बन्धित रोजगारदाताले स्वास्थ्य उपचार र उपयुक्त क्षतिपूर्तिको व्यवस्था मिलाउनु पर्नेछ ।
(४) उपदफा (१) बमोजिमको जोखिमयुक्त कार्यस्थलमा काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारी वा कामदारहरुलाई सम्बन्धित रोजगारदाताले नेपाल सरकारले तोके बमोजिमको जोखिम भत्ता उपलब्ध गराउनु पर्नेछ।